
काठमाडौं, २३ जेठ । नेपाल धिताेपत्र बाेर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बाेर्डले पहिलो चरणमा ७ व६ा ब्रोकर कम्पनीलाई नयाँ लाइसेन्स दिएको थियाे । बोर्डले दोस्रो चरणमा ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हाे।
नयाँ लाइसेन्स पाउनेमा ब्राेकर कम्पनीहरुमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज प्रा.लि., मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि., मनि वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, के .वि. एल. सेक्यूरिटिज, कलश स्टक मार्केट प्रा.लि. र नबिल सेक्युरिटिज लिमिटेड रहेका छन् ।
बाेर्डका अनुसार लाइसेन्स पाएका कम्हपनीरूले सदस्यताको लागि नेपाल स्टक एक्सचेन्जमा आवेदन पेस गरिसेकेका छन्। निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड रहेका जनाइृएकाे छ ।
बोर्डमा नयाँ लाइसेन्सका लिनका लागि ४५ निवेदन पेस भएका थिए । उनीहरुमा तीन कम्पनी लाइसेन्सको दाैडमा सहभागि भएका थिएनन् भने एकले आवेदन फिर्ता लिएका थिए । दुइको कागजपत्र अपुग भएकाे थियाे । बाेर्डले बाँकी ४२ वटालाइ आशय पत्र दिएको थियो । अब यी कम्पनीहरु सञ्चालनमा आएपछि याे सङ्ख्या ५७ हुनेछ ।
नेपालमा अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन्। उनीहरुका ८४ शाखाबाट काम भइरहेकाे छ । नेपालभर जम्मा १३९ कार्यालयबाट सेवा दिइरहेका छन्।
नेप्से यतिबेला अध्यक्षविहीन भएकाे छ । यसकाे सञ्चालक समिति बैठक पनि बस्न नसक्दा महत्त्वपूर्ण कामहरूमा अवराेध सृजना भइरहेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




