थप १९४६ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । नेपालमा गएको २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार गएको २४ घण्टामा देशभर थपिएका संक्रमितसहित कुल संक्रमित संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । हाल सक्रिय संक्रमित भने ४६ हजार ४ सय ५२ जना छन् ।

यस्तै, पछिल्लो समय २ हजार ५ सय ३ जना निको भए । हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भइसकेका छन् ।

यस्तै, गएको २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसहित कुल मृत्यु हुनेको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।