घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ जारी गर्ने

-



     सफल आवाज    
     जेठ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ जेठ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता  सेयर (आईपीओ) जारी गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे निष्काशन गरि बाँडफाँड गरिसकेकाे छ ।

आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेकाे सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागिएकाे हाे । प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता  सेयर जारि गरिने जनाइएकाे छ ।

इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा १० लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे समयमा पुरा निवदेन नपरेमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन छ । वार्षिक रुपमा ओपीसी सिमेन्टकाे उत्पादन क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ।

वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन छ । वार्षिक रुपमा ओपीसी सिमेन्ट उत्पादन क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससीकाे ९० हजार मेट्रिक टन रहेको जनाइएकाे छ।