
काठमाडौं, २५ जेठ। लुम्बिनी विकास बैंकले बिक्रीमा ल्याएकाे ऋणपत्र, ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले जेठ १६ गतेदेखि १० वर्ष अवधिको लागि ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको थियाे।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरमा १ अर्ब रुपैयाँकाे १० लाख कित्ता ऋणपत्र जारि गरेकाे थियाे। यसबाट ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत रुपमा बाँडफाँड हुने भएकाे छ ।
४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। इच्छुक सर्वसाधारण लगानीकर्ताले ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। घटीमा २५ तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सेवाका सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु, तोकिएका शाखा कार्यालयहरु र सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडकाे मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




