लुम्बिनी केवलकारको टिकटमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई १० प्रतिशत क्यासब्याक

-



     सफल आवाज    
     जेठ २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ जेठ । ग्लोबल आइएमई बैंकका ग्राहकले लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन। ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने भएका हुन । लुम्बिनी केबलकार रुपन्देही जिल्लाको बुटवलमा रहेकाे छ।

यो योजना अन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु १०० सम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको बैकले जनाएकाे छ । बैकका अनुसार यो योजना सिमित अवधिको लागि लागू रहनेछ ।

मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन एवम् राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।