
काठमाडौं, १ मंसिर । कोरोना भाइरसका कारण तहसनहस भएको जनजीवन आगामी जाडोयाम सुरु हुुँदासम्म सामान्य अवस्थामा फर्कन सक्ने दाबी गरिएको छ ।
यसको भ्याक्सिन बनाइरहेको कम्पनी बायोनटेकका सहसंस्थापक उर साहिनले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्मयाममा ठूलो प्रभाव देखाउने र अर्कोे वर्षको जाडोसम्ममा अवस्था सामान्य बन्न सक्ने बताएका छन् ।
जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले मिलेर तयार गरेको जाब नामक नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारीता देखाएको छ । सो परीक्षणमा झन्डै ४३ हजार मानिसहरु सहभागी थिए ।
साहिनले कोरोनाको फैलावटमा कमी आउने र संक्रमित संख्या नाटकीय रुपमा कम हुने आशा पनि व्यक्त गरेका छन् । उनले कोरोनाको फैलावट उक्त भ्याक्सिनले कम गर्ने विश्वास गरेको बीबीसीले लेखेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




