
पोखरा, ३ असार । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.शुरेस आचार्यले नेपालको राजनीतिक अस्थिरता २००७ साल यता चलिरहेको र मुलुकलाई अफ्ठेरो अवश्थामा पुर्याएको बताएका छन् । उनले त्यहि जन्मेका पार्टीहरुका नेताहरु नेपालको शासन सत्तामा पुगेपनि सत्ता अर्कैले चलाईरहेको र जनताले धोका पाईरहेका डा आचार्यले बताए ।
सात सालदेखि अहिलेसम्म कुनैपनि सरकारले पाँच वर्ष शासन चलाउन सकेनन् । २०७४ मा दुई तिहाईको बहुमत ल्याएको भएपनि नेकपाको सरकार टिकेन । किन यसो भयो ? २०४८ मा बहुमत पाएको कांग्रेस किन टिकेन ? २०७४ मा फरक पार्टीको बहुमत किन टिकेन ?
जनसंचार तथा प्रकाशन प्रा.लि.ले आज पोखरामा आयोजना गरेको “आर्थिक, राजनीतिक संकट, संचारमा त्यसको प्रभाव र दायीत्व” विषयक अन्र्तक्रियाका प्रमुख वक्ता डा.आचार्यले भने, राजनीतिमा आन्तरिक र बाह्य दुबै कारण होलान् । दलका नेताहरुले सरकार चलाएका छन् कि छैनन् ? भन्ने प्रश्न कायम छ ।
नेपालको राज्यसत्ता अर्कै अदृश्य शक्तिले चलाएको छ । उनले भने, राजनीति पनि उनैले चलाएका छन् । यसैको कारण नेपाली जनतालाई धोका भएको छ । नेतृत्वमा पुग्नेहरु अर्कैको इशारामा चलिरहेकाले जनजिविकाका सवालहरु छुटिरहेको बताए ।
दलहरुको कारण आम नागरिकहरुमा अहिले बितृष्णा बढेको छ । जो सरकारमा जान्छ उनीहरुले अदृश्य शक्तिसंग अनेक सम्झौता गरेर नागरिकलाई धोका दिईरहेका छौं । सत्तामा पुग्नका लागि हरेक हतकण्डा प्रयोग भईरहेका छन् । नागरिकको भावनालाई कुल्चिने काम भएको छ ।
दलका नेताहरुल इमानन्दार भएनन् । परिवर्तनको महशुस गर्न सकिएको छैन । दलका नेताहरुले देशलाई कहाँ पुर्याउने भनेर सपना देख्न नसकेको र त्यसको मानक बनाउन नसकेको बताए पनि बताए । राजालाई फालेका नेताहरुले राजाले नै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा बनाएका रोडम्यापहरु प्नि बनाउन नसकेको बरु सत्ता स्वार्थका लागि मात्रै लागेको बताए ।
शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा हुनुपर्ने हो तर नीजिकरण गरियो । यति मात्रै नभई व्यापारिकरणमा गए । शिक्षा, स्वास्थ्यको क्षेत्रमा विभेद र भिन्नता देखिएको बताए । उदार अर्थतन्त्रको नाममा गरिएको अप्रिय काम भएको उनको भनाई थियो ।
राज्यले कुनै पनि जिम्मेवारी बहन नगर्ने अवस्थामा पुगेपछि अझैं कुन अवस्थामा पुग्ने कल्पना गर्न सकिन्न । हाम्रो साशन व्यवस्था र अर्थतन्त्र अर्कैले चलाईदिएको कारण यस्तो भईरहेको छ । दलाल पूँजिवादीहरु हावि भएको कारण परिस्थिति जटिल बनेको बताए ।
राज्यसत्ता कस्ले बनाईदिन्छ भनेर सबैसम्म सूचना नआउन सक्छ र सबै मिडियाले नपाउन पनि सक्छन् । राज्यले मिडियालाई हेर्ने दृश्टकोणको कारण यसो भएको हो किनभने उनीहरु नै अरुबाटै संचालन भईरहेका छन् ।
नेपालमा मिडिया व्यावसायीक बन सकेनन् । ठूला मिडियाहरु व्यापारिकरणमा गए । अर्थात मिडियाहरुमा पैसावालहरु, कन्ट्रक्सन कम्पनी र दलका नेताहरु नैै लागेका छन् । अनि मिडियाको व्यावसायीक विकास हुन्छ ? नेपालका मिडियामा कन्टेन्टको अभाव भएको र कहिलेकाँही खेदो खन्ने गरेको बताए ।
गिरीजा प्रसाद कोईराला प्रधानमन्त्री भएको बेलामा एउटा मिडियामा गिरीजाप्रसाद राजिनामा दे भनेर छापिदियो । अहिल ७० प्रतिशत मिडियाले लोकल्याणकारी विज्ञान लिईरहेका भएपनि संचालनमा नरहेको बताए । काठमाडौंमा ५० हजार प्रति छापिएर देशभर पठाईने पत्रिका ५ हजारमा झरेको छ । के आवाजबिहिन जनताको बीचमा गएको छ त ?
नेपालका मिडियाहरुले विज्ञानलाई अधिकारको रुपमा माग्नुपर्ने तर दयाको भरमा होईन भने । नेपाली प्रेसहरु अब चलाउने कि नचलाउने भन्ने स्थितिमा पुगेको बताए । आम नागरिकका लागि पत्रकारिता भएकै छैन । सिमित मान्छेहरुको लागि भईरहेको छ । त्यो अँझ अहिले सोसल मिडियाले हडपेको छ । उसलाई कुनै कुरामा जिम्मेवारी बहन गर्नुपदैन । जस्ले काम गरिरहेका छन् उनीहरु भन्दा सोसल मिडिया हावि भएको छ । जनताको कुरा भएको छैन । भन्नुभयो, गर्नुभयो, बताउनु भयो भन्ने पाटोमा गएको छ । नागकिरको कुरा उठाउन सकेनौ र जनताको आवाज उठाउन सकेनौ भने अहिलेको भन्दा जटिल अवस्था आउने आचार्यको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मिले नेपाली अर्थतन्त्रमा मिडियाको ठूलो रोल रहेको बताए । खर्बौंको लगानी भएको मिडियालाई अहिले बचाउन गाह्रो भएको, कर्मचारी कटौती गर्नु परेको, पत्रकारलार्इं तलब दिन नसकेका जस्ता घटनाहरु हुनु दुःखदायी भएको बताए ।
मुलुकलाई यहाँसम्म ल्याउने, अर्थतन्त्रलाई संकटमा पार्ने कामका सुत्रधार पार्टीहरु नै भएको उनले बताए । मुल्मिले २०४६ सालको परिवर्तनपछि मुलुकमा परिवर्तन होला भन्ने चाहना राखिएकोमा अहिले ३० वर्ष कटि सकेपछि पनि सुधारको सट्टामा राजाको पालाको भन्दा पनि गएगुज्रेको अवस्थामा पुग्नु नेतृत्व नै कारकतत्वको रुपमा रहेको बताए । यति लामो संक्रमणकालबाट गुज्रिरहेको नेपालमा २८ पटक सरकार बन्दा केहि सिमित व्यक्तिहरु नै सत्ताको नेतृत्वमा पुगेको दृश्टान्त सुनाए । नेताहरुमा व्यवस्थापकिय क्षमता नभएकै कारण हाल नेपाल असफल राष्ट्र बन्ने होकि भन्ने खतराको अवश्थामा पुगेको बताए ।
नेपालका दलहरुका नेतामा वैचारिक अस्पष्टा रहेको छ । उनले भने, सबै दलका नेताहरुले समाजवाद भनिरहेका छन् । तर समाजवादको स्पष्ट मार्गचित्र उनीहरुसंग छैन । दलहरुमा अहिले पनि किराँतकालिन सामन्ति संस्कार रहेको र त्यहि वाधक बनिरहेको मुल्मिले बताए ।
आम संचारले नेतृत्वका गुनगानलाई भन्दा उत्पादनका कुराहरु, विकासका कुराहरु, उन्नतीका कुराहरुलाई जोडेर बहस गराउनु पर्ने बताए ।
युवाले विदेश ताक्ने र भएकाहरु पनि शहरमा आउने भएपछि गाउँहरु खाालि भएका छन् । जग्जाजमिन बाँझो रहेकोले यसले आर्थिक, सामाजिक रु सांस्कृतिक रुपमै असर गरिरहेको बताए । अर्थतन्त्रमा ठूलो प्वाल परेको र कालो धनको चलखेलले अर्थतन्त्रलाई डुबाईरहेको बताए । मुल्मिले दलहरु विदेशीले दिएको सहयोगको भरमा चलेका, उनीहरुबाट पैसा लिएर पार्टी चलाईरहेकाले राष्ट्रको हितमा काम गर्छन् भन्ने विश्वास टुटेको बताए । मुस्ताङमा यूरेनियम छ । भारत, चीन लगायतका देशले थाहा पाएका छन् । यदी उनीहरुलाई दिन नचाहको हो भने अन्तराष्ट्रिय उर्जा एजेन्सिलाई उत्खनन् गर्न दिएर मनग्यै आम्दानी गर्न चुकिरहेको बताए ।
कार्यक्रमको शुरुमा जनप्रचार तथा प्रकाशन प्रा.लि.का निर्देशक तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले “आर्थिक, राजनीतिक संकट, संचारमा त्यसको प्रभाव र दायित्वका बारेमा अवधारणा प्रस्तुत गरेका थिए ।
सो अवधारणाका बारेमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस चौतारी गण्डकीका इन्चार्ज रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पारजुली, प्रेस सेन्टरका सचिव माधव पनेरु, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र जनपत्रकार संगठनका अध्यक्ष शेर बहादु विकले मडियामा आईपरेका समस्या र चूनौतीका बारेमा बोलेका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




