
काठमाडौं, ४ असार । घोराही सिमेन्ट इण्डष्ट्रीले बिक्रीमा ल्याएकाे आइपीओमा आवेदन दिने म्याद असार १४ गतेसम्म थपिएकाे छ । यसअघि आजसम्म सेयर भर्ने अन्तिम दिन ताेकिएकाे थियाे ।
अब सेयर लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ ३२ गतेदेखि ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरकाे सेयर खुलाएकाे हाे ।
प्रिमियम मूल्यमा खुलाइएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ। आइतबारसम्म ४ लाख ४५ हजार ८९० जनाले ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग गरेका छन्। यो कुल सेयर ६९ लाख ११ हजार ६७० कित्ताकाे २.४९ गुणा बढी हाे ।
कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुने ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरकाे ९७ लाख ४३ हजार ८०१ कित्ता सेयर जारी गरेकाे हाे। साथै ७ लाख ५४ हजार ६६१ कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि निष्काशन गरिएकाे थियो।
सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता तथा कर्मचारीहरुका लागि ३ लाख ७७ हजार ३३१ कित्ता छुट्याइएकाे थियाे ।
बिक्री नभएकाे स्थानीयतर्फकाे सेयरमा थपेर ६९ लाख ११ हजार ६७० कित्ता सेयर जारि गरिएकाे हाे । सेयर भर्न चाहने लगानीकर्ताले ३३५ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता रु ४३५ पैयाँकाे दरले घटीमा १० र बढीमा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन।
सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाइनेछ । साथै मेरोसेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेका छन् । यसकाे प्रत्याभुतिकर्ता नागरिक लगानी कोष हाे।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




