नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डलाई अर्थसमितिकाे निर्देशन

-



     सफल आवाज    
     असार ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असार। नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन अर्थसमितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। मंगलबार बोर्डलाई लाइसेन्सबारे स्पष्टिकरण साेधेकाे समितिले प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

‘पहिलोपटक सार्वजनिक संस्थामा जवाफदेहिताको सम्पूर्ण नमूना पेश गरिएको बारे उपस्थित सबैलाई विश्वस्त पारियो, धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले भने ।

बिहान ८ बजेदेखि सुरु भएको छलफल पौने ११ बजेसम्म चलेको थियो। वार्ता लगत्तै समितिले प्रक्रिया रोक्ने निर्देशन फिर्ता लिएको हो ।

नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको १ हप्ताभित्रै अर्थसमितिले अर्को बैठक डाकेको हो।