
काठमाडौं, ६ असार । तल्लो बलेफी जलविद्युत आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ । साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको २० मेगावाटको उक्त आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो ।
उक्त वित्तीय व्यवस्थापन सम्झाैतामा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रवन्ध सञ्चालक कुवेरमणी नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गरेका छन् ।
सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजीमा निर्माण हुने आयोजना यहि असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेर माणी नेपालले जानकारी दिएका छन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्यसमेत रहेका नेपालले निर्माण सुरु गरेको दुई वर्षमा आयोजनाबाट विद्युत उत्पादन हुने बताए ।
वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटका दरले विद्युत खरिदविक्री सम्झौता भएको आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्नेछ ।
आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात २७ करोड ४० लाख रुपैयाँ गरी ६२ करोड रुपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ ।
रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले १५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्ने बताएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




