तस्बिरमा पोखराकाे ‘ड्रागन बोट रेस महोत्सव’

-



     सफल आवाज    
     असार ८ गते २०८० मा प्रकाशित



पाेखरा, ८ असार । पर्यटकीय नगरी पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएकाे छ। नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेवातालमा दुईदिने बोट रेस शुरू भएकाे हो ।

महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए । मन्त्री किराँतीले यो महोत्सवले नेपाल र चिनकाे सम्बन्ध अझै प्रगाढ भएकाे अनुभुति गरेकाे बताए ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन्।

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका ४ र नेपालका ४ गरी ८ टोलीले सहभागिता जनाएका छन् ।

शब्द / तस्बिर: अशेष शाक्य

‘ड्रागन बोट रेस महोत्सव’मा सहभागिता जनाउदै कुमुदिनी हाेम्स मावि पाेखराका कक्षा ८, ९ र १० का बिधार्थीहरू