
काठमाडौं, ८ असार । बैंकिङ प्रणालीमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले पुन: रिभर्स रिपो जारी गर्ने भएको छ। बिहीबार रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले आइतबार फेरी रिपाे जारी गर्ने भएको हाे।
नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न लागेको छ। केन्द्रीय बैकले हाल प्रणालीमा करिव ४० अर्ब रुपैँया अधिक तरलता रहेकाे जनाएकाे छ। तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक बर्षमा तेस्रो पटक रिभर्स रिपो जारी गर्न लागेको बताइएकाे छ।

राष्ट्र बैंकले बिहीबार मात्रै १० अर्बको रिभर्स रिपोका लागि २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन परेको थियो। यसअघि चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरिएको थियो।
अघिल्लो पटक रिभर्स रिपोको औषत ब्याज दर ४.३२ प्रतिशत रहेको थियाे । बिहीबारको रिभर्स रिपोकाे ब्याज ३.०१ प्रतिशत कायम गरिएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




