
काठमाडौं, ८ असार । नबिल बैंक लिमिटेडले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा ‘एनबैंक वेब’ सुरु गरेको छ। बैंकले भर्चुअल कार्यक्रम गरी बिहीबारबाट एनबैंक वेब सेवाको सुरुवात गरेको हो।
ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी दैनिक २० लाख र मासिक ५० लाख रुपैंयासम्म अनलाइन बैंकिङबाट रकम पठाउन सक्ने बैंकले जनाएको छ।
एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ। एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लगइन गर्न एउटै आइडी र पासवर्डको वा क्यूआर कोडको प्रयोग गर्न सकिने बैकले जनाएको छ।

एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेपविरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्ने बैंकले जनाएको छ।
साथै, एनरेमिट नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिटेन्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सकिने छ। एनबैंकको वेबको सुविधा यो लिंकमार्फत लिन सकिने बताइएको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




