
काठमाडौं, १० असार । नेपाल उद्योग परिसंघको नेतृत्वमा राजेशकुमार अग्रवाल पुगेका छन् । परिसंघको २० औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हाे । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल स्वतः अध्यक्षमा निर्वाचित भएका हुन ।
परिसंघको अध्यक्ष चयन भएका अग्रवाल बिगत १५ वर्षदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समितितर्फ सभापति, राजश्व समितिका सभापति, रोजगारदाता परिषद्का संयोजक रहिसकेका छन् । आरएमसी ग्रुपका कार्यकारी निर्देशक रहेका उनी सन् १९९२ देखि उद्योग क्षेत्रमा क्रियासिल रहेका छन् ।
परिसंघका अध्यक्ष अग्रवालकाे सिमेन्ट, स्टिल, खाद्य तथा अन्य व्यसायीक क्षेत्रमा सम्लग्नता रहेकाे छ भने विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन्।
निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराएका छन् भने अग्रवालले पदभार पनि ग्रहण गरिसकेका छन् ।

परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल निर्वाचित भएका छन् । आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा र वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।
यस्तै लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी राष्ट्रिय परिषद सदस्यमा चयन भएका छन् । राहुल कुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई राष्ट्रिय परिषद सदस्यमा चउन भएका छन् ।
राष्ट्रिय परिषद सदस्यहरुबाट ७ जना उपाध्यक्ष सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका हुन् । उनीहरुमध्ये अमित मोर र भीम घिमिरे पहिलो पटक परिसंघको उपाध्यक्षमा चउन भएका छन् । स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छायाँ शर्मालाई मनोनित गरिएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




