अख्तियारद्वारा पशुपति विकास कोषका तत्कालिन सदस्यसचिव डा. प्रदीप ढकाल विरुद्ध मुद्दा दायर

-



     सफल आवाज    
     असार ११ गते २०८० मा प्रकाशित



पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा प्रदीप ढकाल

काठमाडौं, ११ असार । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरिएको छ ।

आयोगले डा ढकाल विरुद्ध १ करोड ४४ लाख ११ हजार ७८१ सम्पत्तिकाे स्रोत नखुलेको दावीसहित मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन।

वि.सं. २०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा ढकालले पदीय दुरुपयोग गरी अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सदस्य सचिवका रूपमा डा ढकालको ४ वर्षे कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो ।