
पोखरा, १२ असार । नेपाल पत्रकार महासंघ कास्कीले आफ्नो ४७औं वार्षिकउत्सवको अवसरमा नेपालको प्रतिष्ठित व्यावसायीक समूह लक्ष्मी ग्रुपका कार्यकारी अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई संस्थागत सम्मान अर्पण गरेको छ ।
महासंघले आज बिहान पोखरामा आयोजना गरेको कार्यक्रममा लक्ष्मी ग्रुपले आर्थिक तथा समाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । महासंघको भवन निर्माणमा लक्ष्मी ग्रुपको उल्लेखनीय योगदान रहेको थियो । उक्त ग्रुपले महासंघको सभाहल निर्माणका लागि सहयोग गरेको थियो ।
समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले उद्योगपती श्रेष्ठलाई फूलमाला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
पत्रकारिता यो गाह्रो काम हो । पत्रकारहरुले कहिल्यै बाहिर नआएका कुराहरुलाई बाहिर ल्याउछन् ।तर उनीहरुले नै धेरै वाधा व्योहोरी रहेका छन् । उनीहरुले पनि उत्पिडन भोग्नु परेको छ । मन्त्री आलेले भने, भनाईमा राष्ट्रको चौथो अंगको रुपमा लिन्छौ । तर यसलाई कसैले हेर्दैन । राज्यले सुविधा दिन सकेको छैन । तोकिएको विधिको पनि विकास भएको छैन ।
अहिलेपनि समाजमा मनोमानि ढंगले चलेको अवस्था छ । पत्रकारहरुले ति कुराहरु बाहिर ल्याईरहेका छन् तर प्राथमिकता पाउने विषय पत्रकारिता हुलमुलमा परेको छ । मन्त्री आलेले पत्रकारिता क्षेत्रलाई राज्यले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । पत्रकारले खेदो खन्यो भन्दैमा राज्यले उनीहरुबाट बिमुख हुन नपाउने उनको भनाई थियो ।
मन्त्री आलेले अहिले सोसल नेटवर्कको कारण जनतालाई भ्रम पैदा भएको र पत्रकार र पत्रकारिता छुट्याउनै गाह्रो भएको बताए । अर्को कुरा सोसल नेटवर्कमा आएका कुराहरुको जिम्मेवारी कसैले नलिने अवश्थाको अनत्य गर्न पत्रकार जगत सत्य तथ्यगत ढंगले अगाढी बढ्नुपर्ने बताए । मन्त्रालयमा म नयाँ आएकोले धेरै काम नभएपनि जीवन बीमा र लेखनबृत्तिका लागि केहि बजेट राखेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले हाम्रा लागि असार १२ गते ऐतिहासिक दिन भएको बताए । देशलाई सही गन्तव्यमा लैजानका लागि पत्रकारहरु जागरुक हुनुपर्ने उनको भनाई थियो । २०३४ असार १२ गत कास्कीमा पत्रकार संघ स्थापना भएपनि यसको तयारीका काम २०२८ देखि नै शुरु गरिएको र २०३४ मा ७ पत्रकार जोडिएर संघको स्थापना भएको बताए ।
शर्माले पत्रकारिता सेवा समाजसंग जोडिएको सेवा भएकोले देशको सेवक बनिरहने र बेथितिका बारेमा आलोचना गरिरहनु पर्ने बताए । उनले पत्रकारहरुलाई सुझाव दिदैं व्यक्तिको बिचारलाई बोक्ने कि देशलाई बोक्ने भन्ने कुरा महत्वपूर्ण छ भन्दै राष्ट्रको दीयो बन्न आग्रह गरे ।
पोखरा पत्रकारिता संस्थागत पुरस्कारका बारेमा बोल्दै संस्थापक सचिव, प्रेस स्वतन्त्रता सेनानी बद्रि विनोद प्रतीकले तत्कालिन समयमा संघमा आएका उतारचढावहरु, संघलाई २०५३ सालमा धरानमा भएको साधारण सभाबाट महासंघ बनाईएको स्मरण गरे ।
हामीले २०४७ सालमा माधव शर्मालाई संघको अध्यक्ष बनायौं र कल्याणकारी कोष खडा गर्यौं । त्यहिबाट पोखरा पत्रकार पुरस्कार स्थापना भएको बताए । सो समयमा कोषमा ९ लाख जम्मा गरेको स्मरण गरे ।
लक्ष्मी हाउसले सभाहल बनाईदिएको हो । सबैको योगदान छ । रवीन्द्र वास्तोला अध्यक्ष भएकोे पालामा महासंघको भवन निर्माणक लागि जग्गा खोज्ने काम भएको बताउँदै पूर्व अध्यक्ष पुण्य पौडेल, रामकृष्ण ज्ञवाली, बद्रिविनोद प्रतिक, दीपेन्द्र श्रेष्ठ र हालका अध्यक्ष विमला भण्डारीको कार्यकालसम्म आउदा निकै मजबुत भईसकेको र इ लाईब्रेरिसम्म आएकोमा गर्व लागेको बताए ।

सम्मानित व्यक्तित्व लक्ष्मी हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठले पत्रकारिता क्षेत्रबाट सधै हौसला मिलको बताउँदै आफ्नो क्षेत्रबाट महासंघका लागि सक्दो सहयोग गरेको र भविष्यमा पनि सहयोग हुने प्रतविद्धता व्यक्त गरे । सम्मानित व्यक्तित्व श्रेष्ठले सत्य र तथ्य समाचार प्रकाशनमा ध्यान दिन आग्रह गरे ।
विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका समेत अध्यक्षसमेत रहेका उनले मन्दिरबाट उठेको भेटीले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । अहिले गुरुकुलमा वैदिक सनातन शिक्षाको लागि कार्यहरु भईरहेको बताए । उनले ११ करोडको लागतमा प्राकृतिक स्वास्थ्य अस्पाल निर्माण हुँदैछ । साउनबाट भित्रिसेवा शुरु गर्ने लक्ष्य लिएको उनले बताए । श्रेष्ठले भाषणमा मात्रै सिमि नभएर काम गर्नुपर्ने, भाषणमा मात्र सिमित नभएर कृषि उत्पादनमा लाग्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा शुरेस आचार्यले अहिले मिडियाहरु र पत्रकार बढेको तर कन्टेन्टमा नजाने प्रबृत्ति देखिएकोले यतातिर ध्यान दिन आग्रह गरेका थिए ।
अहिले हामी सुदृढीकरणमा लागेका छौं । मैले मेरो पालामा नै चलाएको थिएँ यो अभियान तर मतलव भएन । तर अहिले चलेको छ। महासंघको संस्थागत विकासमा जोडिनका लागि पत्रकार व्यावसायीक बन्नै पर्नेमा उनले जाडे दिए । डा आचार्यले भने, पत्रकारले आम फाईदाको कुरा गर्ने र सरकारको प्रतिपक्षी भएर बस्ने हो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव माधव वरालले गरेका थिए भने सहभागिलाई उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




