सामुदायिक लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आजसम्म मात्र

-



     सफल आवाज    
     असार १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असार । सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बिहिबार बुकक्लोज गर्ने जानकारी दिएकाे छ।

यसका लागि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरु साधारण सभामा सहभागिता हुन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्।

सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही असार २२ गते नवौँ वार्षिक साधारण सभा डाकेकाे छ । सभा काभ्रेपलाञ्चोककाे धुलिखेल लज रिसोर्ट, धुलिखेलमा डाकिएकाे छ । उक्त दिन सभा पूर्वान्ह ११ बजेका लागि डाकिएकाे छ।

साधारण सभाबाट बिपिडब्लु लघुवित्तसँग मर्जरमा र हाल कायम चुक्ता पूँजीको १० प्रतिशतकाले बोनस सेयर तथा र कर प्रयोजका लागि ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै संस्थापककाे तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण तर्फको ६ जना सञ्चालक चयन गरिने भएकाे छ ।