आज सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तिय संस्थाहरु खुल्ला

-



     सफल आवाज    
     असार १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ असार । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा भएपनि देशभरका अधिकांश बैंक तथा वित्तिय संस्थाहरु खुल्ला रहेका छन।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको थियो ।

असार मसान्त नजिकै आएको र बैंकलाई रिकभरीको अत्याधिक प्रेसर समेत भएकोले आज बैंकहरु खुल्ला भएको एक बैंकरले बताए । उता बिदाको कारण स्कूल, कलेज, सरकारी कार्यालय, सेयरबजार लगायतका कार्यालय आज बन्द छन ।