१ करोड ६५ लाख कित्ता हकप्रद सेयर जारी गर्दै अपि पावर

-



     सफल आवाज    
     असार १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ असार। अपि पावर कम्पनीले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर जारी गर्ने भएकाे छ। हकप्रद सेयर जारीका लागि कंपनीले बुक क्लोज मिति समेत तोकेको छ।

कम्पनीको हालै बसेको संचालक समितिको बैठकले असार २२ गतेका लागि बुक क्लोज मिति तोकेको हो। कम्पनीले १ बराबर १.४० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि असार ६ गते स्वीकृति पाएको थियो।

बुक क्लोज भन्दा अघिल्लो दिन अर्थात असार २१ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सो हकप्रद सेयर खरिद गर्न पाउने कंपनीले बताएकाे छ।