
भैरहवा, १४ असार। हस्पिटालिटीकाे क्षेत्रमा एग्रेशिभ रूपमा अघि बढिरहेकाे सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल ‘सिद्धार्थ भिलासा’ सञ्चालनमा ल्याएको छ ।
साढे २ अर्ब लगानीमा ४ बिघा क्षेत्रफलमा फैलिएको याे सिद्धार्थ भिलासा हाेटल लुम्बिनी प्रदेशको तेस्रो पाँचतारे होटल हाे ।यस होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र डिलक्ससहित ८५ वटा कोठा रहेकाे बताइएकाे छ ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमाेटर बाबुराम पन्तका अनुसार सुबिधासम्पन्न उक्त होटलमा क्यासिनोको समेत सुविधा छ । क्यासिनोकै लागि १८ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको छ । साथै ठूलाे सभाहलसहित ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफटप रेष्टुरेन्ट, स्वीमिङपुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट लगायतका पूर्वाधार रहेको पन्तले जानकारी दिए।


हाल सफ्ट लञ्च मात्र भएको याे हाेटलकाे आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा ल्याउने जनाइएकाे छ। सिद्धार्थ भिलासामा ३ सय जनाले प्रतक्ष्य राेजगारी पाउनेछन ।
२५ वर्षअघि कैलालीको टिकापुरमा खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा अहिले पाँचतारे होटलसम्म आइपुगेको छ । नेपालकाे पर्यटन ब्यवसायमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अहिले अग्रणी स्थानमा रहेकाे छ । (तस्विर : बिपिन बज्राचार्य )








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




