
काठमाडौं, १५ असार । आईएमई लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकि रहेको छ। कम्पनीले असार १ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर जारि गरेकाे थियाे ।
कम्पनीका अनुसार जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउने स्वीकृति पाएकाे थियाे ।
यसबाट १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्रीमा ल्याइएकाे हाे । इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
सेयरमा लगानीका लागि सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताेकिएका शाखाहरुबाट र मेराे सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




