चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

-



     सफल आवाज    
     असार १५ गते २०८० मा प्रकाशित


China: Enthusiastic 'Red Guards' wave copies of Mao Zedong's 'Little Red Book' (Quotations from Chairman Mao Tse-tung, Mao Zhuxi Yulu), Tiananmen, Beijing, c. 1966. (Photo by: Pictures from History/Universal Images Group via Getty Images) (China: Enth


बेइजिङ, १५ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हाराहारीमा पुगेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा चिनिया कम्यनिष्ट पार्टीको १०२ औं स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो । तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ ।