एडीबीद्वारा काेरोना विरुद्धकाे खोप उपलव्ध गराउन २ करोड ३ लाख डलर विनियोजन

-



     सफल आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ मंसिर । एशियाली विकास बैंक (एडीबी)ले विकासशील सदस्य देशहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउनका लागि २ करोड ३ लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको जोखिममा रहेका सदस्य राष्ट्रहरुको लागि खोपको पहुँच पुरर्याउन र दक्ष खोप वितरणका लागि सक्षम बनाउने प्रणाली स्थापना गर्नका लागि उक्त रकम विनियोजन गरेको जनाइएकाे छ ।

यो रकम एडीबीका विकासशील सदस्य राष्ट्रका लागि खोप सम्बन्धी स्वास्थ्य प्रणालीको मूल्यांकन गर्न र विकासका लागि सहयोगि हुने आशा गरिएको छ । खोपहरु सुरक्षित र प्रभावकारी ढंगले मानिससम्काेम पहुँच, परिचय, वितरण र अनुगमन गर्ने क्षमतालाई धेरै हदसम्म सदृढ बनाउने बताईएको छ ।

कोषकाे रकमले सदस्य राष्ट्रहरुलाई खोपको उपलब्धता, संक्रमण नियन्त्रण, स्वास्थ्यकर्मिहरुको आपूर्ति र सीप, जोखिम संचार, वास्तविक समयकाे डाटा संग्रह र अनुगमनको मूल्यांकन गर्न मद्यत गर्ने अपेक्षा गरिएकाे छ । एडीबीले भनेकाे छ, याे प्रधाविधिक सहयोगले नवीन कोल्ड चेन र भ्याक्सिन ट्रयाकिङ टेक्नोलोजिहरुको पहिचान र पदोन्नतिलाई पनि समर्थन गर्दछ ।

एशिया र प्रशान्त महासागर क्षेत्रले कोभिड १९ को महामारीलाई सीमित गर्न ठूलो मात्रामा राम्रो गरिसक्यो । एडीबीको दिगो विकास र मौसम परिवर्तन विभागका डाइरेक्टर जनरल वूचुङ्ग उमले भने, सुरक्षित, प्रभावकारी र समान खोपको पहुँच सुनिश्चित गर्नु यो भाइरस विरुद्धको संघर्षको अर्को मोर्चा हो । यो थप अनुदान श्रोतहरुका साथ एडीबीले तुरुन्तै विकासकर्ता सदस्यहरुलाई खोप प्रणाली निर्धारण र खोप राख्ने रणनीति लगायतका कार्यहरु तुरुन्त गर्नका लागि सहयोग पुरर्याउन सक्ने जनाएको छ । एडीबीले भनेको छ, खोपहरु दक्ष र निष्पक्ष वितरणमा सहयोग होस् ।

एडीबीले आफ्ना साझेदार संस्थाहरू युनिसेफ र विश्व स्वास्थ्य संगठनसंगको कोभक्स, गेवी, विश्व बैंक, द्विपक्षीय एजेन्सीहरु लगायत अन्यसंग प्राविधिक सहयोग कार्यान्वयन गर्ने अपेक्षा गरेको छ । विनियोजित रकम कोषमा एडीबीको प्राविधिक सहयोग विशेष कोष (टीएएसएफ) बाट २ करोड डलर र जापान सरकारद्वारा वित्त पोषित उच्चस्तरीय टेक्नोलोजी कोषबाट ३ लाख डलर सम्मिलित रहेको जनाएकाे छ ।