एनआइबीएल एस र मेगा क्यापिटल आजदेखि गाभिए

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असार। नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैक नेपाल लिमिटेड गाभिएपछि ति बैकका सहायक कंपनीका रूपमा रहेका दुई मर्चेन्ट बैंकिङ कम्पनी आजदेखि गाभिएका छन।

नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबीएल एस र मेगा बैंकको मेगा क्यापिटल मार्केट्स मर्ज भइ सोमबारदेखि सयुक्त कारोबार सुरु गरेका हुन।

गाभिएपछि एकीकृत कम्पनीको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड भएको बताइएकाे छ। उक्त नामबाट कारोबार गर्नका कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते नै स्वीकृति दिएको थियाे। एनआइबीएल एसले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति (एक्विजिसन) गरेको हो।

मेगा क्यापिटललाई प्राप्ति गरेपछि कम्पनीको एकीकृत चुक्तापुँजी ४७ करोड भएको छ भने कम्पनीसँग भएका हितग्राही खाता ४ लाख ८५ हजार पुगेका छन।