मनकामना इन्जिनियरिङ्ग हाइड्रोकाे आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     असार १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ असार । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर आईपीओ आजदेखि बिक्री खुल्ला भएकाे छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि आईपीओ खुलाइएकाे हाे ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरेकाे हाे । यसमा दोलखाकाे गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का जनताले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि रहेकाे छ सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । वैदेशिक रोजगारमा गएकाहरुले बढीमा ५० हजार कित्ता माग गर्न सक्नेछन् ।

सेयर भर्नका लागि आयोजना प्रभावित क्षेत्रका जनताले साउन २ गतेसम्म म्याद ताेकिएकाे छ । ताेकिएकाे मितिसम्म पूरा निवेदन नपरेकाे खण्डमा साउन १७ गतेसम्म सेयर भर्न सकिनेछ । उता वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि साउन २ गतेसम्मकाे मिति ताेकिएकाे छ ।

कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २७ वर्ष बाँकी छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।