
काठमाडौं, २० असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आवेदन दिने मिति एकदिन पर सरेपछि अब भाेलि बिहिबारबाट आवेदन दिन सकिने भएकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले असार २१ गते निष्काशन गरिने भएकाे हाे ।
इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइने भएकाे छ ।
इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउन लागेको छ। यसमा १२ लाख कित्ता सेयर वैदेशिक राेजगारमा गएका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ ।
६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा ६ लाख कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असार २५ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । साे अवधिमा माग अनुसारकाे आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले घटीमा १० र बढीमा १० हजार कित्ता माग गर्न सक्नेछन् ।
सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तयि संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




