
Residents of the Jenin refugee camp fled their homes as the Israeli military pressed ahead with an operation in the area, in Jenin, West Bank, Tuesday, July 4, 2023. Palestinian health officials put the Palestinian death toll from the two-day raid at 10. The Israeli military said Israel launched the operation because some 50 attacks over the past year had emanated from Jenin. (AP Photo/Majdi Mohammed)
जेरुसेलम, २० असार । इजरायलको सेनाले पश्चिम किनारमा गरिएको दुईदिने सैन्य कारबाही अन्त्य भएको घोषणा गरेको छ । कारबाहीका क्रममा एक जना इजरायली सैनिकसहित १२ जना प्यालेस्टाइनीको ज्यान गएको थियो ।
वेस्ट बैंकको जेनिन क्षेत्रमा गरिएको सैन्य कारबाही औपचारिक रूपमा सकिएको तथा सैनिकहरूले जेनिन क्षेत्र छोडेका इजरायली सेनाका प्रवक्ताले एएफपीलाई बताएका छन् ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी सरकारको आदेशमा सोमबार बिहान इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा कारबाही थालेको थियो । कारबाही भीषण थियो जसमा सयौं सेनाका साथै ड्रोन र बुलडोजरहरू पनि प्रयोग गरिएका थिए ।
प्यालेस्टाइनी क्षेत्रबाट इजरायलमा प्रहार गरिएका पाँचवटा रकेटलाई रोकेपछि इजरायलले गाजा पट्टीमा हवाई हमला गरेको थियो । प्यालेस्टाइनी सुरक्षा स्रोतले उत्तरी गाजामा रहेको आतङ्कवादी समूह हमासको सैन्य स्थलमा आक्रमण भएको तर कुनै क्षति नभएको बताएको छ ।
पश्चिम किनारको जेनिन क्याम्पमा गरिएको कारबाहीका क्रममा सेनाले लडाका लुकेका ठाउँ, हतियार भण्डार र विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग गरिएका भूमिगत स्थलहरू पत्ता लगाएको बताएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




