मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघकाे आग्रह

-



     सफल आवाज    
     असार २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ असार। नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीति खुकुलो ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेकाे छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुकुलो मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई आग्रह गरेका हुन।

उनले कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कमी भएकाेले खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताएका थिए।

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिने उदेश्यले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आर्थिक गतिविधिमा कमी हुँदा बैंकहरुको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको बताए।

ढकालले मुद्दती र बचतको फरक ब्याजदरको सीमालाई पनि परिमार्जन गर्न सुझाब दिएका थिए। कार्यक्रममा नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष र प्रतिनिधिहरूले पनि अाफ्ना बिचार राखेका थिए ।