प्रिमियममा आईपीओ जारी गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

-



     सफल आवाज    
     असार २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असार । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ बिक्री गर्ने भएकाे छ। सर्वसाधारणका लागि प्रतिशेयर रु १०० अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिशेयर रु २४४ मा सेयर खुलाउन लागेकाे हाे ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याउने अनुमति पाएको थियो।

५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । सर्वसाधारणका लागि १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता रहेकाे छ । यसकाे दर प्रतिकित्ता रु २४४ रहेकाे छ ।

कम्पनीले ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि बिक्रीमा ल्याउने भएकाे हाे । ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ भने सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर रहेकाे छ ।

वैदेशिक रोजगारमा गएका नेपालीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन पाउने मिति ताेकिएकाे छ । यसका लागि घटीमा १० तथा बढीमा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।