क्युवामा बिआरआईसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

-



     सफल आवाज    
     असार २२ गते २०८० मा प्रकाशित



हवाना, २२ असार । चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानामा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा क्युवाका लागि चिनियाँ राजदूत मा हुईले बिआरआईले सभ्यताहरूबीच व्यावहारिक सहयोग र आपसी सिकाइलाई अझ सघन बनाएको बताए। “चीनले आफ्नो स्थायित्व र विकासका साथै विश्व शान्ति र प्रगति प्रवर्द्धन गर्न सबै पक्षसँग काम गर्नेछ ”मानवजातिको साझा भविष्य निर्माणलाई बिआरआईले लक्ष्य बनाएको बताउँदै चिनियाँ राजदूतले भने।

मानव समाजले सामना गरिरहेका वर्तमान चुनौतिहरूसँग विश्वव्यापी आर्थिक पुनरुत्थानको लागि लामो बाटोमा साथसाथै अघि बढ्न बिआरआईको अवधारणा अघि सारिएको उनले स्पष्ट गरे । क्युवाका लागि इन्डोनेसियाका राजदूत नाना युलियानाले विगत पाँच वर्षमा इन्डोनेसिया र चीनबीचको व्यापार बढेको बताए। बिआरआईले इन्डोनेसियाको सम्पर्क सञ्ञ्जाल विस्तार र पूर्वाधार विकासका निम्ति उत्कृष्ट अवसर प्रदान गरेको बताए।

“बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतका चिनियाँ परियोजनाहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक विकासलाई प्रवर्द्धन गर्ने र पूर्वाधार, व्यापार र ऊर्जा लगायतका विभिन्न क्षेत्रमा सहयोग बढाउन दुवै देशको प्रतिबद्धता देखाउँछन्,“ क्युबाका लागि इजिप्टका राजदूत माहेर एल–अदावीले भने ।

अडावीको कुरालाई प्रतिध्वनि गर्दै क्युबाका लागि पाकिस्तानी राजदूत शाहबाज मलिकले बीआरआईअन्तर्गत पाकिस्तान र चीनबीचको संयुक्त आयोजनाले ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताए। सिल्क रोड इकोनोमिक बेल्ट र २१ औँ शताब्दीको सामुद्रिक सिल्क रोड मिलेर बनेको बिआरआईलाई सन् २०१३ मा चीनले एशिया र बाँकी विश्वलाई जोड्ने व्यापार र पूर्वाधार सञ्जाल निर्माण गर्न अघि सारेको महत्वाकाङ्क्षी परियोजना हो ।

बिआरआई अवधारणा सार्वजनिक भएको एक दशकको अवधिमा विश्वका एक सय ५० भन्दा बढी देश र ३२ वटा अन्तरराष्ट्रिय संस्थाले बीआरआईसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् ।