आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिका लागि केही सुझावहरू

-



     सफल आवाज    
     असार २४ गते २०८० मा प्रकाशित



काठमाडाैं, २४ असार । यतिबेला नेपाल राष्ट्र बैक आर्थिक बर्ष २०८०-८१ का लागि जारी गर्ने मौद्रिक नीति बनाइरहेकाे छ। मौद्रिक नीतिका लागि केन्द्रीय बैकले यसअघि बिभिन्न बिज्ञ ब्यक्तित्व र संघ संस्थाहरूसंग रायसुझाबहरू समेत लिएकाे थियाे । यसै सन्दर्भलाइ लक्षित गरेर समायानुकुल माैद्रिक नितिका लागी केही सुझाबहरू यहाँ प्रस्तुत गरिएकाे छ ।

१. बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा, प्राकृतिक व्यक्तिको बचत खाताहरुमा व्याजदर प्रदान गर्दा दुई प्रतिशत भन्दा बढिको फरक हुने गरी प्रदान गर्न नपाईने व्यवस्थाले समाजमा रहेका आर्थिक रुपले सम्पन्न बर्गलाई बढि व्याज दर प्रदान गर्ने र न्युन आय भएका व्यक्तिलाई कम व्याजदर प्रदान गर्ने बिषय सामाजिक न्यायको दृष्टिकोणमा विभेदपुर्ण देखिन्छ ।

आर्थिक रुपले सम्पन्न व्यक्तिहरुलाई बढी व्याजदर प्रदान गर्ने र न्युन आय भएका व्यक्तिलाई कम व्याजदर प्रदान गर्न हुँदैन । निक्षेप चाहे १ करोड रुपैयाँ होस वा १ लाख रुपैयाँ वा १० हजार रुपैयाँ होस व्याजदर समान हुनुपर्छ ।

२. त्यसैगरी बैंक वित्तीय संस्थाहरूले कर्जाकाे विभिन्न शिर्षकहरुमा फरक फरक व्याजदर प्रदान गर्ने गरेका छन् । कुनै एक बैंकले आफ्ना ग्राहकसंग कार्जामा लिने व्याजदरको फरक ५ प्रतिशतसम्म हुने गरेको छ । फरक कर्जा शिर्षकमा फरक व्याजदर लिनुको कुनै औचित्य छैन ।

यस किसिमको नीतिले बैंक वित्तीय संस्थाहरुले आफ्नो व्यवसायिक रणनीतिको नाममा सर्बसाधारण नागरिक माथी विभेद गरेको देखिन्छ । केही राजनैतिक तथा अन्य प्रभावशाली व्यक्तिहरुको दवाव र प्रभावमा बैंकहरुले ग्राहकहरुलाई न्युन व्याजदर र अधिक व्याजदर प्रदान गरेको प्रष्ट छ ।

३. बैंक वित्तीय संस्थाहरुले कर्जामा लिने गरेको व्याजदर समान हुनुपर्छ । ग्राहकले आफ्नो आवश्यकता र क्षमता अनुसार कर्जा लिने हो कम कर्जा लिएको कारणले बैंक वित्तीय संस्थाले बढि व्याजदर लिनुको कुनै औचित्य छैन । त्यसैले बैंक वित्तीय संस्थाले नियमानुसार कर्जा १ अर्ब रुपैयाँ लिएपनि, १ करोड वा १ लाख रुपैयाँ लिएपनी व्याजदर एउटै हुनुपर्छ ।

हालको जस्तो आधार दरमा २ प्रतिशत देखी ५ प्रतिशत सम्म थप गरी कर्जाको व्याजदर कायम गर्नु सामाजिक न्यायको बर्खिलाफमा कारोबार गरेको देखिन्छ ।

४. बैंक वित्तीय संस्थाहरुले एउटै शिर्षकमा पुराना ग्राहकहरुलाई बढि व्याजदर असुल गर्ने, व्याजदर नघटाउने तर तिनै शिर्षकहरुमा नयाँ ग्राहकहरुको लागि २ देखी ३ प्रतिशत सम्म कम व्याजदरमा कर्जा प्रदान गर्ने वा कर्जाको लागि आव्हान गर्ने कुराले सबै ग्राहकलाई समान व्यवहार गर्नुपर्छ भन्ने नेपाल राष्ट्र बैंकको निर्देशन (एकिकृत निर्देशन २०७९, वित्तिय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धि व्यवस्था) को विपरीत कार्य गरेको देखिन्छ ।

त्यसैले एकै शिर्षकमा साविक देखिका ग्राहक तथा नयाँ ग्राहक दुवै किसिमका कर्जा ग्राहकलाई एउटै व्याजदर कायम गर्नको लागि निर्देशन दिनुपर्छ ।

५. नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७९ को निर्देशन नं. २ को बुंदा नंं. ४ मा मार्जिन प्रकृतिको शेयर कर्जाको एकल ग्राहक कर्जा सिमा रु १२ करोड तोकिएको अवस्था छ । यसरी अन्य कर्जा लगानीको लागि तोकिएको सबै मापदण्ड पुरा गरेर कर्जा प्रबाह गर्दा शेयर कर्जाको सिमा रु १२ करोड तोक्नुको कुनै औचित्य छैन ।

बजारमा सजिलै किनबेच भइरहने सम्पत्ती (नेप्सेमा सुचिकृत प्रतिष्ठीत कम्पनीहरुको शेयर) लाई नियमानुसार धितो राखेर कर्जा आवश्यकता अनुसार कर्जा लिन नपाउनु र सिमा तोक्नु जनताको अधिकारमा स्वेच्छाचारी ढंगले नियन्त्रण खोजे जस्तो देखिन्छ । त्यसैले शेयर कर्जाको एकल ग्राहक कर्जा सिमा रु १२ करोडलाई हटाईनु पर्छ ।

६. नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बाणिज्य बैंक, बिकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्था गरी चार किमिसममा बर्गिकरण गरेको छ । यसरी बिना धितो समुहगत रुपमा कर्जा प्रबाह गर्ने लघुवित्त वित्तीय संस्था बाहेक बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले गर्ने कारोबारको प्रकृति बाणिज्य बैंक तथा विकास बैंकहरुले गर्ने बिदेशी विनिमय कारोबार तथा व्यापारीहरुले बिदेशबाट सामान आयात गर्नको लागि खोलिने प्रतितपत्र बाहेक निक्षेप खाता (मुद्यती तथा बचत) संचालन गर्ने, रेमिटेन्स कारोबार, बैंक जमानत जारी गर्ने, आवधिक कर्जा तथा अधिबिकर्ष कर्जा लगायत उपभोग्य कर्जा प्रबाह गर्ने जस्ता अधिकांश कारोबार एकै किसिमको रहेको छ ।

त्यसैले एकै किसिमको कारोबार गर्ने संस्थाहरुलाई बाणिज्य बैंक, बिकास बैंक तथा वित्त कम्पनी भनी पुँजिको आकारको आधारमा मात्र नामाकरणमा छुट्टाउन हुँदैन । बैंकिङ कारोबार गर्ने सबै संस्थाहरुलाई बैंक भनेर लेख्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लगायत सम्बन्धित कानुन सशोधन गर्नुपर्छ ।

७. प्रमुख कार्यकारी अधिकृतको कार्यकाल बढिमा ४ बर्षको हुने र निज अर्को एक कार्यकालको लागि पुनः नियुक्त हुन सक्नेछ भनि स्पष्ट व्यबस्था गरिएको छ । तर नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७९ को निर्देशन नं. ६ मा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुको हकमा प्रमुख कार्यकारी अधिकृत नियुक्तीमा सो ऐनको व्यबस्था लागु नहुने भनि व्यबस्था गरि कार्यकारीहरु तेश्रोे तथा चौंथो कार्यकाल सम्म नियुक्ती गर्ने गरिएको छ। यसरी ऐनको मर्म विपरीत केही आफ्ना मान्छेहरुलाई लाभ पुग्ने गरी नेपाल राष्ट्र बैंकले भुमिका खेलिरहेको देखिन्छ । ( सफल आवाज टिमले तयार गरेकाे रिपाेर्ट )