सोलुखुम्बुबाट काठमाडाैं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

-



     सफल आवाज    
     असार २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडाैंका लागि उडेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको साे हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

सम्पर्कविहीन भएकाे उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार रहेकाे बताइएकाे छ । हेलिकप्टरको खोजी कार्य जारी रहेको मनाङ एयर प्रशासनले जानकारी दिएकाे छ ।