सनराइज र लक्ष्मी बैंकको एकीकृत कारोबार आगामी शुक्रबारदेखि हुने

-



     सफल आवाज    
     असार २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ असार । सनराइज बैंक र लक्ष्मी बैंककाे एकीकृत कारोबार आगामी शुक्रबारदेखि हुने भएकाे छ। दुबै बैकले बराबरी रेसियाेमा गाभिएर आगामी असार २९ गते शुक्रबारबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन्। दुबै बैककाे सहमति अनुसार एकीकृत कारोबार लक्ष्मी सनराइज बैंकको नामबाट हुनेछ।

मर्जर कमिटिमा भएकाे समझदारी अनुसार, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत साबिकको लक्ष्मी बैंकबाटै हुनेछन्।

अहिले लक्ष्मी बैंककाे अध्यक्ष रमण नेपाल छन भने अजयविक्रम शाह प्रमुख कार्यकारी अधिकृत छन्। सनराइज बैंकका हालका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बैंकबाट बााहिरिने छन्।

यि दुइ बैंक मर्जरका लागि गत पुसमा समझदारी भएको थियो। त्यसपछि गत असार ८ गते भएको दुवै बैकको साधारणसभाले गाभिने प्रस्तावलाइ पारित गरेकाे थियो। लक्ष्मी र सनराइज बैक गाभिएपछि अब नेपालमा वाणिज्य बैंकहरूको संख्या २० वटामा सिमित हुनेछन्।