पोखरा महानगर उपमेयरलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



पोखरा, ४ मंसिर । पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङ कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको भन्दै हाल आइसोलेसनमा बसेको जानकारी सार्वजनिक गरेकी छन् ।

बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकोमा पीसीआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

उनले भनेकी छन्, ‘कोभिड–१९ बाट म पनि अछुतो रहन सकिनँ । मेरो स्वास्थ्य अवस्थामा सामान्य छ । छिट्टै कोरोना परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोनासँग लडिरहेको छु ।’