रिलायबल नेपाल लाइफकाे आईपीओमा आवेदन खुल्ला

-



     सफल आवाज    
     असार २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर (आईपीओ)मा आजबाट आवेदन खुल्ला गरिएकाे छ। इन्स्योरेन्सले वैदेशिक रोजगारमा गएका नेपाली लागि रु १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिशेयर रु २५७ दर रहेकाे सेयर खुलाएकाे हाे ।

जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाइएकाे हाे । पहिलो चरणमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बिक्रीमा ल्याइएकाे हाे ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा १० तथा बढीमा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।