प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

-



     सफल आवाज    
     असार २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज निधन भएको छ । 

दाहालकाे आज बिहान साडे ८ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालका अनुसार उनकाे निधन हुनुकाे कारण ‘कार्डियक अरेष्ट’ उल्लेख गरेकाे छ ।

दाहाल लामो समयदेखि पीएसपी रोगबाट ग्रस्त थिइन् । याे राेग स्नायु प्रणालीसम्बन्धीत थियाे । रोगले थलिएपछि उनी हिँड्नसक्ने अवश्थामा थिइनन् ।

उनकाे पार्थिव शरीरमा श्रध्दाञ्जली दिनका लागि पूर्वान्ह ११ वजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएकाे छ । दिउँसाे २ बजे पशुपति आर्याघाटमा दाह संस्कार गरिने भएकाे छ ।