हाथवे इन्भेष्टमेन्टले साउन ४ देखि आइपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     असार २७ गते २०८० मा प्रकाशित


Businessman presses button ipo Initial Public Offering diagram online network


काठमाडौं, २७ असार । हाथवे इन्भेष्टमेन्टले सेयर (आइपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले साउन ४ गतेदेखि विदेशमा राेजगार गरिरहेका नेपालीका लागि सेयर निष्काशन गर्ने भएको हाे ।

यसमा जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खुलाइने भएकाे हाे । 

कम्पनीका अनुसार प्रतिकित्ता ५० रुपैयाँ अंकित दरमा २९ लाख २५ हजार कित्ता निष्काशन सेयर निष्कासन गर्ने अनुमति लिइएकाे थियो । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन हुँदैछ ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि बिक्रीमा ल्याउने भएकाे छ । ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । 

सर्वसाधारण लगानीकर्ताले १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले घटीमा २० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयर भर्ने मिति साउन १८ गतेसम्म रहेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।