माण्डु हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असार २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ असार । माण्डु हाइड्रोपावर लिमिटेडकाे सेयर आईपीओमा आजबाट आवेदन दिन सकिने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि प्रिमियममा सेयर आईपीओ निष्काशन गरेकाे हाे ।

जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता सेयरमा प्रिमियम रुपैयाँ १०६ थपेर प्रतिकित्ता रुपैयाँ २०६ मा सेयर जारि गरिएकाे हाे । यसमा ललितपुरका बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरका भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ र ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का जनताले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणका लागि छुट्याइएको १ लाख ३६ हजार ३६४ कित्ता सेयर प्रतिकित्ता २०६ रुपैयाँमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि खुलाइएकाे हो। लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका जनताले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिमा माग अनुसारकाे आवेदन नपरेमा साउन २६ गतेसम्म आवेदन दिन पाइनेछ । उता वैदेशिक रोजगारमा रहेकाहरुले साउन ११ गतेसम्म आवेदन दिनु पर्नेछ।

कम्पनीले २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ । यसकाे लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । विद्युत उत्पादनकाे अवधि २६ वर्ष ३ महिना बाँकी छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।