झापाकाे चन्द्रगढीका लागि उडेको बुद्ध एयरमा समस्या, काठमाडाैंमै सुरक्षित अवतरण

-



     सफल आवाज    
     असार २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ असार । काठमाडौंबाट झापाकाे चन्द्रगढी उडेको बुद्ध एयरमा प्राविधिक समस्या भएपछि काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरेकाे छ ।

विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएकाे छ । काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बुद्ध एयरले जनाएको छ ।