वाणिज्य बैंकहरूकाे परिवर्तित ब्याजदर आजदेखि लागू , एनएमबिको सबैभन्दा बढी ब्याज

-



     सफल आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ साउन। नयाँ आर्थिक वर्ष २०८०-८१ काे सुरूवातसँगै वाणिज्य बैंकहरूकाे निक्षेपकाे परिवर्तन भएकाे ब्याजदर आज साउन १ गतेदेखि लागू भएकाे छ । नेपाल बैंकर्स संघले हालैमात्र भद्र सहमति हटाएपछि वाणिज्य बैंकहरूले आ- आफनै किसिमले निक्षेपको ब्याजदर कायम गरेका छन। यसअघि बाणिज्य बैंकहरूले सहमतिको नाममा एउटै ब्याजदर प्रदान गर्दै आएका थिए ।

असार मसान्तसम्म सबै वाणिज्य बैंकले समान ब्याजदर कायम गरेपनि भद्र सहमति तोडिएपछि आज साउन १ गतेबाट लागुहुने गरी बैंकहरूले फरक फरक ब्याज दिने भएका हुन् ।

बैकहरूद्वारा प्रकाशित सूचना अनुसार एनएमबि बैक, एनआईसी एसिया बैक, प्राइम कमर्सियल बैक र नबिल बैंकले ब्याजदर बढाएका छन् । समय अवधिअनुसार मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेकाे बैकरहरू बताउछन ।

साउन महिनामा एनएमबि बैंकले सबैभन्दा बढि १०.९८ प्रतिशत ब्याज दिने घाेषणा गरेकाे छ । बैकले १० वर्ष माथिको मुद्दती निक्षेपमा याे ब्याज प्रदान गर्ने बताएकाे छ। सबैभन्दा बढि ब्याज दिने यस एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी नेपाल बैकर्स संघका बर्तमान अध्यक्ष हुन । एनएमबि बैंककाे याे ब्याज बृद्धिलाइ हेर्दा उसलाइ तरलतामा केही कठिन भएकाे अनुमान गर्न सकिन्छ ।

उता एनआईसी एसिया बैकले १०.९३६ प्रतिशत ब्याजदर दिने भएकाे छ। प्राइम कमर्सियल बैंकले सबै अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिएकाे छ। नबिल बैंकले पनि २ वर्षभन्दा माथिको निक्षेपमा १०. ४९ प्रतिशत ब्याज दिने भन्दै ब्याजदर प्रकाशित गरेको छ।

लक्ष्मी सनराइज, नेपाल एसबीआई, हिमालयन बैक, कुमारी, ग्लोबल आईएमई, र सिटिजन्स बैंक इन्टरनेशनलले यसअघिको ९ दशमलव ९९ प्रतिशत ब्याजलाई निरन्तरता दिएका छन।

यीमध्ये ग्लोबल आईएमई, नेपाल एसविआई हिमालयन बैंकले भने छोटो अवधिको मुद्धति निक्षेपको ब्याजदर केहि घटाएका छन् । सबैभन्दा धेरै ब्याज घटाउनेमा स्टायन्डर्ड चार्टर्ड बैंक रहेकाे छ।

यता विकास बैंक र फाइनान्स कम्पनीले भने पुरानै सहमति अनुसार निक्षेपकाे ब्याजदर निर्धारण गरेका छन।