
काठमाडौं, १ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ । गण्डकी प्रदेश, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै र बांकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
श्रावण ०१ गते सोमबार
दिउँसाेट: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै बांकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका एक दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि स्थानमा मेघगर्जन, चट्याङसहित भारी बर्षाको सम्भावना रहेको छ ।
श्रावण ०२ गते मंगलबार
दिउँसो : मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू(भागमा आंशिक बदली रही बांकी भूभागमा आंशिक देखी सामान्य बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रावण ०३ गते बुधबार
दिउँसो : देशभर आंशिक देखी सामान्य रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का बर्षाको सम्भावना रहेकोे छ । यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटने लगायतका क्षेत्र र दैनिक जनजीवन प्रभावित हुनसक्ने देखिएको छ । हावा, हुरी, भारी बर्षा, मेघ गर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षको कारण हुनसक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




