
काठमाडौं, १ साउन । नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी जिल्ला अदालत काठमाडौँको आदेशमा हिजाे रिहा भएका काठमाडौँ असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् । उनलाई आज अनुसन्धानका लागि सिआइबीलाई बुझाइने भएकाे छ ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर रु १५ लाख धरौटीमा छुटेका थिए । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ ।”
पक्राउ परेका तुलाधरलाई जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको छ । आज केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए । नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई असार २८ गते काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजधानीको सानो भर्याङबाट पक्राउ गरेको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




