आरएसडिसी लघुवित्तकाे नाफामा सुधार, इपिएस कति ?

-



     सफल आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे प्रकाशित गएकाे आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा यसपटक नाफामा केहि सुधार देखिएकाे हाे ।

संस्थाले रुपैयाँ ११ करोड १६ लाख खुद नाफा गरेकाे छ। जाे यसअघिकाेभन्दा ५.७१ प्रतिशतले धेरै देखिन्छ । अघिल्लो आर्थिक वर्षकाे साेहि अवधिमा संस्थाकाे नाफा रुपैयाँ १० करोड ५६ लाख थियाे । कम्पनीकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि नाफा बढेकाे हाे।

खुद ब्याज आम्दानी १९.२१ प्रतिशत र कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशतले बढेको पाइएकाे छ। निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत रहेकाे छ भने इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ छ। सञ्चालन नाफा ५.८८ प्रतिशतले बढेकाे छ।

संस्थाकाे प्रतिशेयर (इपिएस) आम्दानी २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसा कायम भएकाे छ। नाफा नबढेपछि आम्दानी घटेकाे हो। असारकाे अन्तिमसम्म नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ।

गएकाे वर्ष संस्थाकाे चुक्ता पूँजी ८६ करोड ९५ लाख पुगेकाे थियाे । जगेडामा २० करोड ३९ लाख रहेकाे छ। लघुवित्तकाे ५ अर्ब ८२ करोड रुपैयाँ सापटि रहेकाे छ भने ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह भएकाे छ।