
पेरिस, ३ साउन । फ्रान्समा गत महिनाको अन्त्यमा भएका दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ । मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।
बुधबारसम्म एक हजार दुई सय ७८ निर्णय सुनाइएकामा ९५ प्रतिशतभन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएका जानकारी उनले आरटीएल रेडियोलाई दिएका छन् । न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करिब छ सय जनालाई पहिले नै जेल पठाइएको छ ।
देशमा शान्तिसुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प थिएन । सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदङ्गा एवम् हिंसात्मक झडप भएका थिएनन् । गत जुन २७ मा एक जना प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली–अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो ।
सुरक्षाकर्मी र प्रदर्शनकारीबीच चार दिन चार रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो । त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारी साधनका साथ परिचालन भएका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




