त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातियाे ठूलो परिमाणमा सुन

-



     सफल आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको भएकाे छ।

राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको बताएकाे छ। स्रोतका समातिएकाे सुन १ अर्ब हाराहारी मूल्यकाे भएको अनुमान गरिएकाे छ।

विभागको टोलीले कार्गो निरीक्षणका क्रममा सुन फेला परेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेपछि विभागले गरेको कारबाहीमा यति ठूलो परिमाणमा सुन बरामद भएको हो ।

बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन ।