
काठमाडौं, ४ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव यथावत रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर आंशिक रहेको छ । केही भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदुरपश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
श्रावण ४ गते बिहीबार
दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रावण ५ गते शुक्रबार
दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका केहि स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रावण ०६ गते शनिबार
दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। हावाहुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




