
काठमाडौं, ४ साउन । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आजदेखि सेयर आईपीओ बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बिक्रीमा ल्याएकाे हाे ।
कम्पनीका अनुसार १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी गरिएकाे छ ।
यसमा ५ लाख ७१ हजार ४३० कित्ता रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाका लागि रहेकाे छ । २ लाख ८५ हजार ७२० कित्ता उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, नुवाकोटकारे किस्पाङ गाउँपालिका वडा नं. ५ का जनताका लागि रहेकाे छ । यस्तै रसुवाका अन्य क्षेत्रका स्थानियका लागि १ लाख ४२ हजार ८५० कित्ता रहेकाे छ ।
१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता सेयर साधारण सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुकाे लागि रहेकाे छ । सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
सेयर भर्नका लागि आयोजनाबाट प्रभावित मानिएका जनताले साउन १८ गतेसम्म मिति ताेकिएकाे छ । साे मितिसम्म पूरा आवेदन नपरे भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ । वैदेशिक रोजगारमा गएकाहरुले साउन १८ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ ।
कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजनााे प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
इच्छुक लगानीकर्ताले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा गएकाहरुले सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु, मेरो शेयर अनलाइन बाट सेयर भर्न सक्नेछन् ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




