‘लक्ष्मी भ्यालु फण्ड २’ को इकाईमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ साउन । लक्ष्मी मार्केट लिमिटेडले आजदेखि नयाँ म्युचुल फण्ड निष्काशन गरेकाे छ।  क्यापिटलले लक्ष्मी भ्यालु फण्ड २ नामक फण्ड निष्काशन गरेकाे हाे । यस याेजनाकाे अवधि १० वर्षकाे रहेकाे छ ।

याे बन्दमुखी योजना हाे । ‘लक्ष्मी भ्यालु फन्ड–२’ अन्तर्गत कुल ८ करोड इकाई निष्काशन गरिएकाे छ । यसबाट १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोषकाे प्रवर्द्धक रहेकाे लक्ष्मी बैंकका लागि छुट्याइएकाे छ । 

क्यापिटलका अनुसार ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले घटीमा १०० तथा बढीमा ८० लाख इकाईसम्म माग गर्न सक्नेछन् । प्रतिइकाई मूल्य रुपैयाँ १० रहेकाे छ भने लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । 

ताेकिएकाे मितिसम्म मागअनुसारकाे इकाईका लागि आवेदन नपरेमा साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा आवेदन दिनका लागि सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।