आज मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेकाे छ।नेपाल राष्ट्र बैंककाे आज बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेकाे बताइएकाे छ।

राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही सहज बनाउन मौद्रिक नीतिको कार्यदिशा खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा नेपाल राष्ट्र बैंक देखिदैन।

गभर्नर अधिकारीले यसअघि बैकहरूकाे रिकभरीको खस्कदो अवस्थालाई मध्यनजर गर्दै कर्जा विस्तार भन्दा असुलीलाइ प्राथमिकता दिनुपर्ने बताउँदै आएका थिए ।

उता मौद्रिक नीति सार्वजनिक हुनु अगाडि शुक्रबार अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो । छलफलमा मौद्रिक नीति लचिलो बनाएर बाह्य क्षेत्रमा दबाब बढाउने नीति नलिन मुद्रा कोषको मिसनले राष्ट्र बैंकलाइ दबाब दिएको स्रोतले बताएकाे छ।