
काभ्रे, ९ साउन । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा सुरु गरिएको छ ।
दुई अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा सुरु गर्ने सहमति भएको थियो । सम्झौताअनुसार हाल दुवै अस्पतालले उक्त सेवा सुरु गरेको जनाएका हुन् । धुलिखेल अस्पतालले भने स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गर्दै आएको छ ।
धुलिखेल अस्पतालका प्रशासन प्रमुख प्रद्युम्न श्रेष्ठका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत नागरिक बिरामी भएको अवस्थामा अस्पतालले कोषका तर्फबाट ८० प्रतिशत प्राप्त गर्छ भने व्यक्तिले २० प्रतिशत तिर्नु पर्नेछ । उनले नागरिकलाई थप सहजताका लागि यो कोष उपयोगी देखिएकाले सेवा सुरु गरिएको बताए।
सम्झौताअनुसार सूचीकृत भएको व्यक्ति बिरामी हुँदा कोषबाट उपचार खर्चवापत वर्षमा बढीमा रु एक लाखसम्म पाउने छ । उपचारवापतको रकम दाबी गर्न कोषमा न्यूनतम तीन महिना योगदान गरेको हुनुपर्ने जनाइएको छ । कोषमा योगदान गरिरहेका श्रमिकले नजिकैको जुनसुकै अस्पतालमा उपचार गराउन सक्ने व्यवस्था गरिएको छ ।
यस्तै अस्पतालको प्रेस्क्रिप्सन, औषधि तथा उपचार खर्चका सक्कल बिल, सामाजिक सुरक्षा कोषबाट प्राप्त कार्डसहित कोषमा उपलब्ध गराएपछि अस्पतालले वा सोझै अस्पतालको बिलसहित पेस गरेपछि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कोषले उपचारवापतको कुल दाबी रकमको ८० प्रतिशत अस्पताल वा व्यक्तिको बैंक खातामा एक हप्तादेखि १५ दिनभित्र जम्मा गरिदिन्छ ।
यस्तै कोषमा सूचीकृतले औषधोपचार तथा स्वास्थ्य सुरक्षा दाबीसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार तथा उपदानका लागि दाबी गर्न पाइने व्यवस्था छ । धुलिखेल र बनेपामा यो सेवा सुरु भएसँगै रकम नभएका नागरिकलाई पनि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




